२५ बैशाख २०८३, शुक्रबार

रविको ‘जेल ब्रेक’मा ड्राइभर बनेपछि रामकृष्णको फिल्म बहिस्कारको भूमरीमा

काठमाडौं। फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जेल ब्रेक’ प्रकरणमा ड्राइभरको भूमिकामा देखिएपछि बदनामीको सिकार बनेका छन्। सामाजिक सञ्जालमा उनलाई ‘खरानी ग्याङको ड्राइभर’ भन्दै व्यङ्ग्य गरिएको छ भने यही साता प्रदर्शनमा आउन लागेको उनको फिल्म बहिस्कारको चर्चा चुलिएको छ।

दशकौँ संगीत साधनाले कमाएको छविमा रामकृष्ण आफैँले हिलो छ्यापेको टिप्पणी भइरहेका बेला बुधबार फिल्मको प्रिमियरमा स्वयं रवि लामिछाने पुगे। फिल्म हेरिसकेपछि रविले रामकृष्णको बचाउ गर्दै भने, “रामकृष्ण ढकाल इतिहासमा नमेटिने अमर नाम हो। यो अमर नाममा हिलो छ्यापेर कसैलाई खुसी मिल्छ भने खुसी हुन दिनुस्।”

तर, सहकारी ठगीको आरोपी रविलाई जेन–जी आन्दोलनको भयाभय स्थितिमा कारागारबाट निस्किएपछि घर पुर्याउँदा एक राष्ट्रिय कलाकार ड्राइभरको भूमिकामा देखिनु नै बदनामीको पर्याप्त कारण भएको आलोचकहरूको भनाइ छ। आफ्नै कारण साथीको फिल्म बहिस्कारको भूमरीनजिक पुगेपछि रवि प्रिमियरमा जान बाध्य भएको बुझिएको छ। प्रिमियरमा रामकृष्ण भने रविले ‘अमर नाम’ भन्दै गरेको तारिफमा हात जोड्दै मुस्कुराइरहेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button