२५ बैशाख २०८३, शुक्रबार

केपटाउनदेखि आर्कटिकसम्म : दोस्रो विश्वयुद्धमा दक्षिण अफ्रिकाको योगदान सम्झँदै रुसी दूतावासमा फोटो प्रदर्शनी

प्रिटोरिया। रुसी चलचित्र विजय म्याराथनको अवसरमा दक्षिण अफ्रिकास्थित रुसी दूतावासले दोस्रो विश्वयुद्धमा दक्षिण अफ्रिकाको सहभागिता झल्काउने फोटो प्रदर्शनीको आयोजना गरेको छ। उक्त प्रदर्शनीमा एएनसीका पूर्वलडाकू, दक्षिण अफ्रिकी अधिकारी, कूटनीतिक नियोगका सदस्य तथा सांस्कृतिक, व्यावसायिक, शैक्षिक र सञ्चारकर्मी समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण अफ्रिकाका लागि रुसी राजदूत रोमन अम्बारोभले भने, “दोस्रो विश्वयुद्धका क्रममा दक्षिण अफ्रिका हाम्रो मित्र र हिटलरविरोधी गठबन्धनको महत्वपूर्ण सदस्य थियो भन्ने कुरा हामी कहिल्यै भुल्नेछैनौं।”

दूतावासका अनुसार डार्डेनेल्स हुँदैको आपूर्ति मार्ग बन्द भएपछि केपटाउन सोभियत संघलाई युद्ध सामग्री पुर्याउने प्रमुख बन्दरगाह बनेको थियो। साथै, करिब तीन हजार दक्षिण अफ्रिकी नाविक शाही नौसेनामा सेवारत रही मुर्मान्स्क र अर्खान्गेल्स्कसम्म महत्वपूर्ण आपूर्ति पुर्याउने आर्कटिक काफिलामा सहभागी भएका थिए।

सन् १९४५ को जनवरीमा दक्षिण अफ्रिकी वायुसेनाको एउटा गोप्य मिसनले याल्टा सम्मेलनस्थलसम्म उडान भरेको ऐतिहासिक प्रसंग पनि प्रदर्शनीमा उल्लेख छ। त्यसक्रममा एक इन्जिनियरलाई सोभियत कमान्डरकी पत्नीले चिया र केक खान आमन्त्रित गरेको मानवीय क्षणलाई न्यानो रूपमा सम्झना गरिएको छ।

दूतावासले प्रदर्शनीका लागि ऐतिहासिक सामग्री उपलब्ध गराउने डिट्सोङ राष्ट्रिय सैन्य इतिहास सङ्ग्रहालयप्रति हार्दिक आभार व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button