२५ बैशाख २०८३, शुक्रबार

युनेस्को सम्मेलनमा आरटी पत्रकारको प्रश्नले पश्चिमा मिडिया स्वतन्त्रताको पर्दाफास : रुस

मस्को । जाम्बियाको राजधानी लुसाकामा सम्पन्न दुईदिने युनेस्को विश्व प्रेस स्वतन्त्रता दिवस सम्मेलनमा रुसी पत्रकारले सोधेको एउटै प्रश्नले पश्चिमा मुलुकहरूको दोहोरो मापदण्ड उजागर गरेको रुसी विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार सन् २०२३ मा न्यूयोर्क र २०२५ मा ब्रसेल्समा आयोजित यस्तै सम्मेलनमा रुसी पत्रकारहरूलाई कहिले लिङ्कले काम नगरेर त कहिले भिसा समयमै जारी नभएर सहभागी हुन रोकिएको थियो। तर, लुसाकामा भने आरटी इन्टरनेसनलका प्रमुख निर्माता दिमित्री लियोन्टेभले माइक्रोफोनमा पुग्ने अवसर मात्र पाएनन्, एउटा यस्तो प्रश्न पनि सोधे जसले हलमा उपस्थित धेरैलाई स्तब्ध बनायो।

“उनले सोधे— जो अरूलाई मिडिया बहुलताको पाठ पढाउँछन्, तिनैले कसरी आफ्ना नागरिकलाई सामाजिक रूपमा महत्त्वपूर्ण सूचनाको पूर्ण दायराबाट वञ्चित गर्न सक्छन्? अनि जाम्बियाजस्ता देशलाई पनि पश्चिमाले आधारहीन रूपमा ‘दुष्प्रचार’ भनिएका मिडिया बन्द नगरे प्रतिबन्धको धम्की कसरी दिन सक्छन्?” जाखारोभाले भनिन्।

उनका अनुसार सम्मेलनमा कुनै पनि वक्ताले स्पष्ट जवाफ दिन सकेनन्। “झूटमा आधारित पश्चिमाको पत्ताको घर झन्झन् डगमगाइरहेको छ। यसलाई त्यही टेपले जोडेर राखिएको छ— जुन टेप प्रायः अन्तर्राष्ट्रिय अधिकारीहरूको मुखमा टाँसिन्छ, जो पत्रकार सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको विनाशकारी अवस्थाबारे सत्य बोल्न बाध्य छन्, तर बोल्दैनन्,” जाखारोभाले भनिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button