२५ बैशाख २०८३, शुक्रबार

मंगोलियाली लोककलाको अध्ययन–अनुसन्धानमा युवा गायक कर्मा ताशी छोइजोरको समर्पण

ल्हासा। तिब्बतको मंगोलिया क्षेत्र प्राकृतिक सौन्दर्य र परम्परागत संस्कृतिका लागि प्रख्यात छ। यसै क्षेत्रका युवा गायक कर्मा ताशी छोइजोर मंगोलियाली लोककला संरक्षण र विकासमा सक्रिय रूपमा लागिपरेका छन्।

सन् १९९० पछि जन्मिएका कर्मा ताशी छोइजोर मंगोलिया क्षेत्रकै रुवोदाओ स्थानका बासिन्दा हुन्। सन् २०१४ मा जुनियर हाइस्कुल सकेपछि उनले ल्हासाको एक प्राविधिक विद्यालयमा भर्ना भई साङ्गीतिक विषय पढ्ने अवसर पाए। सन् २०१७ मा उक्त विद्यालयबाट स्नातक गरेर उनी ल्हासा शिक्षा प्रतिष्ठानमा भर्ना भए, जहाँ उनले सङ्गीत र अर्गानोलोजी (वाद्ययन्त्र अध्ययन) को विशेष शिक्षा लिए।

सन् २०२० मा स्नातक पूरा गरेपछि पनि उनले आफ्नो रुचि र प्रारम्भिक प्रेरणालाई निरन्तरता दिए। उनले सम्बन्धित विज्ञहरू र स्थानीय लोककलाकारहरूसँग सिक्दै मंगोलियाली लोकगीत र ङारी क्षेत्रको परम्परागत बाजा ‘ज्यान’ (सितार) सम्बन्धी सांस्कृतिक खोज, अध्ययन र अनुसन्धानमा आफूलाई समर्पित गरे।

उनको कलाप्रतिको लगावको जग भने बाल्यकालमै राखिएको थियो। आमाबुबा दुवैले स्थानीय बाजा बजाउन र लोकगीत गाउन जान्ने भएकाले उनी सानैदेखि सङ्गीतको वातावरणमा हुर्किए। साथै, कला मन पराउने स्थानीय काका र छिमेकीहरूले पनि उनको मनमा कलाको बीज रोपेका थिए।

प्राविधिक विद्यालयमा सङ्गीत पढ्दा नै शिक्षकहरूले उनलाई ङारी क्षेत्रको लोकगीत सङ्कलनका विभिन्न परियोजनामा सहभागी गराए। त्यसयता उनले ६० भन्दा बढी स्थानीय लोककलाकारसँग भेट गरी लोकगीतको अध्ययन र सङ्कलन गरिसकेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button