२५ बैशाख २०८३, शुक्रबार

प्रधानन्यायाधीश नियुक्ति विवाद : फुल कोर्टमा चर्को बहस, वरियता मिचिएकोमा असन्तुष्टि

काठमाडौं । संवैधानिक परिषद्ले चौथो वरियताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्च अदालतभित्र र बाहिर तीव्र बहस भइरहेको छ । परम्परा मिचिएको विषयलाई लिएर बिहीबार सर्वोच्चमा आकस्मिक ‘फुल कोर्ट’ बसेको थियो ।

पूर्ण बैठकमा न्यायाधीशहरूले संवैधानिक परिषद्को निर्णयबारे आआफ्नो धारणा राखेका थिए । यसअघिको प्रचलनविपरीत वरियता मिचिएको विषयमा केन्द्रित छलफल भएको थियो । फुल कोर्टका कारण दैनिक पेशी सूची दुई घण्टा ढिला प्रकाशित भएको थियो । आजको पेशी सूचीमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र सिफारिस भएका न्यायाधीश शर्माको इजलास भने तोकिएको छैन ।

यसैबीच, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवाल परिषद्को सिफारिसविरुद्ध रिट दर्ताका लागि सर्वोच्च पुगेका छन् । उनीहरूले दायर गर्न लागेको रिटमा परिषद्को निर्णयले शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको मर्ममा प्रहार गरेको दाबी गरिएको छ । रिटमा शर्माको सिफारिस खारेज गरी पहिलो वरियताकी कामु प्रधानन्यायाधीश मल्ललाई नियुक्त गर्न माग गरिएको छ । यद्यपि, उनीहरूको रिट दर्ता भइसकेको छैन ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button