२५ बैशाख २०८३, शुक्रबार

प्रधानन्यायाधीश नियुक्तिमा सांसद राईको गम्भीर आपत्ति, उपसभामुखप्रति खेद व्यक्त

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानन्यायाधीश नियुक्तिमा परम्परा मिचिएको विषयमा गम्भीर आपत्ति जनाएका छन्। उनले विज्ञप्ति मार्फत आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखप्रति समेत खेद व्यक्त गरेका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘संसद छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गराउनु गलत थियो। गलत कार्यलाई कदापि सही भन्न सकिन्न, भन्नु हुँदैन।’ उनले थपे, ‘वरियताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको छ यो सरकारले।’

उनले सारा नेपालीलाई थिति र सुशासनको आश्वासन दिएर आएको दलले विधि मिचेर गरिरहेको कार्य र नियुक्तिमा राजनीतिक तथा कानूनी स्वार्थ हुन सक्ने आशंका गरे। उनले भने, ‘सहकारी ठगी प्रकरण, भदौ २३-२४ को जेन्जी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन यी नियुक्ति दिइएको हुन सक्ने आशंका प्रस्ट देखिन्छ।’

यस्तै, उनले आफ्नै उपसभामुखको आलोचना गर्दै भनेका छन्, ‘नियुक्ति सम्बन्धी बैठकको क्रममा एमसीसी, एसपीपी जस्ता विषयको प्रसंग ल्याई दबाब र प्रभाव सृजना गरिएको अवस्थामा पार्टीबाट जानुभएको उपसभामुखले वरियताको क्रम उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button