२५ बैशाख २०८३, शुक्रबार

शर्माविरुद्ध उजुरी आह्वान, बेनामे पनि चल्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघि बिहीबार संवैधानिक परिषद्ले गरेको सिफारिसपछि उजुरी आह्वानको प्रक्रिया अघि बढाएको हो।

समिति सभापति बोधनारायण श्रेष्ठले शर्माविरुद्ध कुनै उजुरी भए १० दिनभित्र दिन सकिने व्यवस्था मिलाइएको बताए। उजुरीकर्ताले कार्यालयको ठेगानामा पत्राचार गर्न, समितिको सचिवालयमा सोझै उपस्थित भएर वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्नेछन्।

उनले नामसहित मात्र नभई बेनामे उजुरीसमेत दिन सकिने व्यवस्था गरिएको जानकारी दिए। शनिबारदेखि आगामी जेठ ४ गतेसम्म उजुरी सङ्कलन गरिने र त्यसपछि उजुरीहरूको अध्ययनपश्चात सुनुवाइ प्रक्रिया अघि बढाइने सभापति श्रेष्ठले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button