२६ बैशाख २०८३, शनिबार

प्रधानन्यायाधीश सिफारिसविरुद्धका तीनवटै रिट दर्ता अस्वीकार

काठमाडौं । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा पेस भएका तीनवटै रिट दर्ता गर्न अदालतले अस्वीकार गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा पेस गरेको रिटमा अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कार्य संविधानविपरीत रहेको दाबी गरिएको थियो । प्रधानन्यायाधीशको वरीयता मिच्दा न्यायपालिका अस्थिर भई स्वतन्त्रतामा नै गम्भीर खलल पुग्ने रिटमा उल्लेख छ ।

यस्तै, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले पनि छुट्टाछुट्टै रिट पेस गरेका थिए । तीनवटै रिट दर्ता गर्न अस्वीकार गर्ने आदेश भएको सर्वोच्चले जनाएको छ ।

रिटमा न्यायपालिकालाई कार्यपालिकाको छायामा राख्न खोजिएको बताउँदै अन्तरिम आदेशमार्फत शर्माको सिफारिसमा रोक लगाउनसमेत माग गरिएको थियो । साथै, परिषद्का सदस्यलाई २४ घण्टाअगावै बैठकको सूचना दिनुपर्ने कानुनी प्रावधानसमेत मिचिएको प्रश्न पनि रिटमा उठाइएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button