खाद्य गुणस्तर सुधारमा केन्द्रित हुन मन्त्री चौधरीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई खाद्य गुणस्तर सुधारमा केन्द्रित हुन निर्देशन दिएकी छिन् ।
विभागको अनुगमनका क्रममा उनले प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा भूमिका निर्वाह गर्न निर्देशन दिएकी हुन् ।
यसका लागि नियमित बजार अनुगमन, गुणस्तर परीक्षण, मोबाइल भ्यान सञ्चालन, खाद्य प्रविधि विकास तथा नियम उल्लंघन गर्नेविरुद्ध कारबाहीलाई तीव्रता दिन उनले भनेकी छिन् । साथै, होटलदेखि सडक किनारासम्मका सबै खाद्य व्यवसायको निगरानी गर्न पनि मन्त्री चौधरीले विभागलाई निर्देशन दिएकी छिन् ।





