२६ बैशाख २०८३, शनिबार

रुस र युक्रेनबीच युद्धविराम प्रस्तावमा सहमति, ट्रम्पले भने- दुवै पक्ष तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै पक्ष आफ्नो युद्धविराम प्रस्तावमा स्वीकार गर्न तयार रहेको बताएका छन् । रुसी समाचार संस्था ताससँगको एक प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

ट्रम्पले युक्रेन संकट समाधानका लागि उपयोगी ठानेमा आफूले मस्कोमा वार्ताकार पठाउने पनि जानकारी दिए । उनको यो अभिव्यक्तिले लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहललाई नयाँ गति दिन सक्ने संकेत गरेको छ ।

दुवै पक्षले युद्धविरामको प्रस्तावलाई सकारात्मक रूपमा लिएको ट्रम्पको भनाइले यसअघि मे ९ देखि ११ सम्मका लागि घोषित युद्धविराम र युद्धबन्दी आदानप्रदानको सहमतिलाई थप बल प्रदान गरेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button