२६ बैशाख २०८३, शनिबार

रुसको युद्धविराम स्वीकार अमेरिकाप्रतिको सकारात्मक कदम : स्लुत्स्की

मस्को । रुसी संसद्का वरिष्ठ सांसद लियोनिद स्लुत्स्कीले मे ९ देखि ११ सम्म युक्रेनसँग युद्धविराम गर्न रुसले दिएको सहमतिलाई अमेरिकी पक्षप्रतिको सकारात्मक कदमको रुपमा व्याख्या गरेका छन् ।

रुसी समाचार संस्था ताससँग कुरा गर्दै स्लुत्स्कीले युक्रेन संकट समाधानमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न अमेरिकाको तत्परतालाई स्वागतयोग्य भनेका छन् । उनले यसले दुई पक्षबीचको विश्वास निर्माणमा सहयोग पुग्ने र शान्ति प्रक्रियालाई अघि बढाउन वातावरण तयार हुने विश्वास व्यक्त गरे ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै पक्ष युद्धविराम प्रस्तावमा सहमत भएको बताएका थिए भने मे ९ देखि ११ सम्म दुवै पक्षबाट एक–एक हजार युद्धबन्दी आदानप्रदान गर्ने सहमति बनेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button