२६ बैशाख २०८३, शनिबार

सल्यानमा ट्याक्टर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

सल्यान । जिल्लाको बाग्चौर नगरपालिका–१० भाटभिटेस्थित भित्री सडकखण्डमा शनिबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार शारदा नगरपालिका–१ श्रीनगरबाट भानुभक्त मावि दमाचौरको भवन निर्माण सामग्री लिएर जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर बिहान ७ बजेतिर अनियन्त्रित भएर सडकदेखि करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा शारदा नगरपालिका–१३ का २५ वर्षीय ट्याक्टर चालक बसन्त बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button