२६ बैशाख २०८३, शनिबार

हजयात्रीलाई बिदाइ, दुई देशबीच सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । सरकारले पवित्र हजयात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हजयात्रीहरूलाई शनिबार बिदाइ गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद आजमी मनिकिरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजयात्रीको टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइका क्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाह र राजदूत मनिकिरबीच नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । शाहका अनुसार दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै दुवै जनाको तर्फबाट हजयात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित र मङ्गलमय यात्राको शुभकामना दिइएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहले हज इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक आस्था र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन र सहकार्यप्रति सम्बद्ध निकायको ध्यानाकर्षण समेत गराए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button