२६ बैशाख २०८३, शनिबार

‘सक्षम सांसद, सशक्त संसद’ : रास्वपाको संसदीय प्रशिक्षण आजदेखि सुरु

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सुरु गर्दैछ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन गर्ने सो कार्यक्रमको उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

संसद्लाई प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न उक्त प्रशिक्षण राखिएको रास्वपाले जनाएको छ । पहिलो दिन आज महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा प्रशिक्षण दिनेछन् ।

यस्तै, संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय समितिहरूमा सांसदले खेल्नुपर्ने भूमिका तथा सांसद निशा डाँगीले संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे विधिहरू प्रस्तुत गर्नेछिन् ।

भोलिसम्म चल्ने प्रशिक्षणमा सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणबारे प्रशिक्षण दिनेछिन् भने परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षबारे जानकारी गराउनेछन् । आइतबार पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्यसहित प्रशिक्षण कार्यक्रमको समापन गर्ने तालिका रहेको पार्टीले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button