दाउरा विवादमा धारिलो हतियार प्रहार : एकको मृत्यु, आक्रमणकारी फरार

दाङ । जिल्लाको राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार आज दिउँसो रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउरा लिने क्रममा भएको विवादपछि सोही गाउँपालिका–४ सन्तपुरुवाका इच्छाकुमार रैदासले धारिलो हतियार प्रहार गर्दा स्थानीय ५६ वर्षीय भोला यादवको मृत्यु भएको हो ।
घटनापछि फरार रहेका रैदासको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।





