२६ बैशाख २०८३, शनिबार

कोहलपुरको सुकुम्बासी बस्तीमा डोजर चल्यो, सयौं परिवार विस्थापित

कोहलपुर (बाँके) । सरकारले कोहलपुरस्थित सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको छ । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी आज बिहानैदेखि बस्तीमा डोजर चलाइएको हो ।

खाली गरिएका घरटहरामा डोजर चलाइएको छ भने धेरैले स्वयंस्फूर्त रूपमा घर खाली गरी सामान सारिरहेका छन् । गृह मन्त्रालयको परिपत्रपछि कोहलपुर नगरपालिकाले वैशाख १६ गते १० दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो ।

उक्त जग्गा कोहलपुर नगर विकास समितिको नाममा रहेको छ । अदालतले सुकुम्बासीलाई अहिले नहटाउन अन्तरिम आदेश दिएको भए पनि नगरपालिकाले उक्त जग्गा नगर विकास समितिको लालपुर्जावाला भएकाले अदालतको आदेश आकर्षित नहुने दाबी गरेको छ ।

नगर विकासको जग्गामा सुरुवाती चरणमा बसेकाहरूले बिक्री गरी अन्यत्र गइसकेका छन् । अहिले त्यहाँ ७ सय ५१ वटा घरटहरा रहेका छन् । वास्तविक सुकुम्बासीलाई राख्नका लागि होल्डिङ सेन्टर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button