सगरमाथामा विजय दिवस मनाइयो, ‘७ शिखर’ टोलीले फहरायो विजयको झण्डा

काठमाडौं । रुसको प्रसिद्ध ‘७ शिखर’ क्लबका आरोही टोलीले सगरमाथामा विजय दिवस मनाएको छ । अलेक्जान्डर अब्रामोभ नेतृत्वको उक्त टोलीले सगरमाथाको उचाइमा पुगेर विजय दिवसको भव्य उत्सव मनाएको हो ।
यसअघि नेपालस्थित रुसी दूतावासले उक्त टोलीलाई विजयको झण्डा र ‘रुस–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष’ लेखिएको पताका हस्तान्तरण गरेको थियो । सोही झण्डा र पताका टोलीले सगरमाथामा फहराएको हो ।





