काठमाडौंको सडकमा विजयको झण्डासहित मोटर ¥याली, ‘अमर रेजिमेन्ट’ ब्यानरसहित दूतावाससम्म भव्य प्रदर्शन

काठमाडौं । महान् देशभक्तिपूर्ण युद्धको ८१औँ विजय दिवसको अवसरमा आज काठमाडौंमा ‘विजय मोटर ¥याली’ आयोजना गरिएको छ । उत्सव सजाइएका रुसी दूतावासका सवारीसाधनहरूको ¥याली रुसी सहयोग नियोग (रसियन हाउस) बाट सुरु भई रुसी दूतावाससम्म पुगेको थियो ।
¥यालीमा सहभागी सवारीसाधनहरूमा विजयको झण्डा र ‘अमर रेजिमेन्ट’ का ब्यानर फहराइएको थियो । सहभागीहरूले दोस्रो विश्वयुद्धमा नाजीवादविरुद्ध लडेका आफ्ना पुर्खाका तस्बिर बोकेका थिए । ¥यालीले काठमाडौंका मुख्य सडकहरूको परिक्रमा गरेको थियो ।
उक्त ¥यालीले सोभियत सङ्घको महान् विजयप्रति सम्मान प्रकट गर्नुका साथै नेपाल र रुसबीचको मैत्रीपूर्ण सम्बन्धलाई पनि उजागर गरेको छ ।





