कोरियाली ट्रेड युनियन महासङ्घको नवौं महाधिवेशनमा सहभागीहरू प्योङयाङ आइपुगे

प्योङयाङ । कोरियाली ट्रेड युनियन महासङ्घ (जीएफटीयूके) को नवौं महाधिवेशनमा सहभागी प्रतिनिधिहरू मे ८ का दिन राजधानी प्योङयाङ आइपुगेको कोरियाली केन्द्रीय समाचार समिति (केसीएनए) ले जनाएको छ ।

उक्त महाधिवेशन राष्ट्रिय आर्थिक विकासको नयाँ पञ्चवर्षीय योजना कार्यान्वयनका लागि सम्पूर्ण जनताको सर्वसाधारण अग्रगामी अभियानमा अग्रपङ्क्तिमा रहेर ठूला नवीनता र उपलब्धि हासिल गर्ने वीर श्रमिक वर्गको विश्वास र इच्छाशक्ति प्रदर्शन गर्नुका साथै महासङ्घको विकासमा नयाँ कोशेढुङ्गा स्थापित गर्ने महत्त्वपूर्ण अवसर हुनेछ ।

कोरियाली मजदुर पार्टी (डब्ल्यूपीके) को केन्द्रीय समितिका सचिव चु छाङ इललगायत पार्टी केन्द्रीय समितिका अन्य वरिष्ठ पदाधिकारीहरू र जीएफटीयूके केन्द्रीय समितिका पदाधिकारीहरूले आ–आफ्ना कार्यस्थलमा अग्रपङ्क्ति र मुख्य भूमिका निर्वाह गरेका प्रतिनिधिहरूलाई स्वागत गरेका थिए ।
सहरका सडकहरूमा नागरिकहरूले महाधिवेशनमा सहभागीहरू चढेका बसहरूलाई हात हल्लाउँदै बधाई दिएका थिए ।





