२७ बैशाख २०८३, आईतवार

गोठको धूरबाट रातारात १२ घर खरानी, ४५ लाखको क्षति

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा टोलमा गएराति भएको आगलागीले ६ परिवारका १२ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको धूरबाट सल्केको आगोले वरिपरिका घरमा फैलिएर ठूलो क्षति पुर्याएको स्थानीय रामनाथ यादवले जानकारी दिए। रामअवतारकै दुई घर र एक गोठ, छिमेकी जुगाइ यादवका दुई घर र एक गोठ, अनिल यादवका दुई घर र एक गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवका एक–एक घर गरी ९ घर र ३ गोठ जलेर खरानी भएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीमा खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर र नगदसमेत गरी करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान छ।

हनुमाननगर कङ्कालिनी नगरपालिका तथा मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट पुगेको बारुण यन्त्र र स्थानीयवासीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button