२७ बैशाख २०८३, आईतवार

सानोठिमीले टुंग्यायो तयारी, एसईई नतिजा आजै

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। बोर्डले विद्यार्थीले सहज रूपमा नतिजा थाहा पाउन सकून् भनेर एसएमएस, आईभीआर र विभिन्न आधिकारिक वेबसाइटको सूचीसमेत सार्वजनिक गरेको छ।

यस वर्षको नियमित र ग्रेडवृद्धि दुवै परीक्षाको नतिजा प्रविधिमार्फत घरबाटै हेर्न सकिने व्यवस्था मिलाइएको छ। एसएमएस र फोन कलबाट नतिजा लिन चाहनेले नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजीको ३५००१ वा एम्बिसन गुरुको ३१०६९ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

ग्रेडसिटसहितको विस्तृत नतिजाका लागि बोर्डले १४ वटा वेबसाइट तोकेको छ। आधिकारिक वेबसाइट www.see.gov.np र www.neb.gov.np मा गएर सिम्बोल नम्बर र जन्ममिति राखेपछि नतिजा हेर्न सकिनेछ। यस्तै नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल, खल्ती एप, निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सका पोर्टलबाट पनि नतिजा उपलब्ध हुने बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले भ्रममा नपर्न आग्रह गर्दै आधिकारिक माध्यमबाट मात्र नतिजा रुजु गर्न सबैलाई अनुरोध गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button