‘जति बचाए पनि आफैं यातना शिविर बन्छ युरोप’ : फिकोको भ्रमणमा मेर्जको आपत्तिपछि जाखारोभाको कटाक्ष

मस्को । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले जर्मन चान्सलर फ्रिडरिख मेर्जप्रति कडा टिप्पणी गर्दै सोभियत जनताको विजयबिना युरोपको कुनै अस्तित्व नरहने बताएकी छन् ।
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युरोप दिवसको सट्टा मस्कोमा विजय दिवस मनाउने निर्णय गरेपछि मेर्जले उनीसँग ‘गम्भीर कुराकानी’ हुने बताएका थिए। सोही प्रतिक्रियामा जाखारोभाले भनिन्, “सोभियत जनताको विजयबिना युरोप दिवस नै हुने थिएन। ग्यास च्याम्बरसहितको एउटा विशाल यातना शिविर मात्र हुने थियो ।” उनले युरोपेली राष्ट्रहरू ‘जति बचाए पनि जुनसुकै स्थितिबाट आफैंलाई यातना शिविरमा सङ्गठित गर्ने’ व्यङ्ग्यसमेत गरिन् ।
फिको यस वर्ष मस्कोको विजय दिवस समारोहमा सहभागी हुने एक मात्र युरोपेली सङ्घका प्रधानमन्त्री थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनमा उनलाई न्यानो स्वागत गरेका थिए भने दोस्रो विश्वयुद्धको ऐतिहासिक सत्य जोगाउने फिकोको अडानको प्रशंसा गरेका थिए ।





