पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा तीन ग्रिनेट बम भेटियो, सेनाको टोली घटनास्थलमा

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रअन्तर्गत राम मन्दिर माथिको जंगलमा शनिबार तीनवटा प्लास्टिक ग्रिनेट बम भेटिएको छ।
प्रहरी स्रोतका अनुसार जंगलमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानमा ती वस्तु ग्रिनेट बम भएको पुष्टि भएको छ। बम भेटिएको सूचनापछि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको र बम निष्क्रिय पार्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
मन्दिर क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ। बम कसले र किन राखेको हुन सक्छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।





