२७ बैशाख २०८३, आईतवार

बजेट अधिवेशन सोमबारदेखि, राष्ट्रपतिले संयुक्त बैठकमा नीति कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। अधिवेशनकै पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले सोमबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संयुक्त बैठकमा ३:४५ बजे अगावै उपस्थित हुन दुवै सदनका सदस्यलाई सचिवालयले अनुरोध गरेको छ।

त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको अलग–अलग बैठक बस्नेछ। प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको जानकारी र मन्त्रिपरिषद हेरफेरसम्बन्धी सूचना सदनलाई गराइने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।

यस्तै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन, प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रस्तुति, बाधा अड्काउ फुकाउ अनुमोदनलगायत विषय पनि कार्यसूचीमा छन्। सरकारले जारी गरेका सार्वजनिक खरिद, पदाधिकारी पदमुक्ति र संवैधानिक परिषद्सम्बन्धी संशोधनसहित आठ अध्यादेश पनि दुवै सदनमा पेस गरिने कार्यसूची रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button