२८ बैशाख २०८३, सोमबार

काठमाडौं अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो, सबै यात्रु सुरक्षित

काठमाडौं । इस्तानबुलबाट सोमबार बिहान काठमाडौं आइपुगेको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चक्कामा आगो लागेको छ।

टीके७२६ कल साइन रहेको विमान ल्यान्ड हुने क्रममा उक्त घटना भएको हो। विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगो नियन्त्रणमा लिइएको थियो। ‘घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ उनले भने। विमानलाई हाल ट्याक्सी–वेतर्फ लैजाने प्रयास भइरहेको उनले जानकारी दिए।

प्रारम्भिक जानकारी अनुसार विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेकोमा संयुक्त राष्ट्र सङ्घका कूटनीतिज्ञहरूसमेत सवार रहेको एसपी सिलवालले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button