२८ बैशाख २०८३, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्पले मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्ने

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही मे १३ देखि १५ तारिखसम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोमबार एक विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

दुई विश्व अर्थतन्त्रबीचको यो उच्चस्तरीय भ्रमणले व्यापार, लगानी, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षालगायत विषयमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। दुवै पक्षबीच पारस्परिक हितका मुद्दाहरूमा छलफल हुने र सहकार्य विस्तारका लागि महत्त्वपूर्ण सम्झौताहरू हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button