२८ बैशाख २०८३, सोमबार

चिनियाँ युआनको विनिमय दरमा सुधार, डलरविरुद्ध ३५ पिप्सले बलियो

बेइजिङ । चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समता दर सोमबार अमेरिकी डलरविरुद्ध ३५ पिप्सले बलियो भएर ६.८४६७ मा कारोबार भएको छ। चीन वैदेशिक मुद्रा व्यापार प्रणालीले उक्त जानकारी दिएको हो।

चीनको हाजिर वैदेशिक मुद्रा बजारमा प्रत्येक कारोबार दिन युआनलाई केन्द्रीय समता दरको २ प्रतिशतसम्म माथि वा तल जान अनुमति दिइएको छ। डलरविरुद्ध युआनको केन्द्रीय समता दर प्रत्येक व्यावसायिक दिन अन्तरबैंक बजार सुरु हुनुअघि बजार निर्माताहरूले पेस गरेको मूल्यको भारित औसतका आधारमा निर्धारण गरिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button