राष्ट्रपति पौडेलले संसदमा आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति पौडेलले संयुक्त बैठकमा दिने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको हो। राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।





