२८ बैशाख २०८३, सोमबार

एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन गरी बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । केहीबेरपछि वेबसाइटमार्फत विस्तृत नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

यस वर्ष एसईई परीक्षामा कूल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा फारम भरेका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् ।

चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षामा यसपटक केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा प्रकाशन सम्भव भएको बोर्डले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button