२९ बैशाख २०८३, मंगलवार

नदी केवल पानीको मुहान होइन, सभ्यताको आधार : सरकारको नयाँ नीति

काठमाडौं । सरकारले नेपालका नदीहरूलाई केवल जलस्रोतका रूपमा मात्र नभई सभ्यता, संस्कृति, जैविक विविधता र मानव अस्तित्वकै आधारका रूपमा संरक्षण गर्ने नीति अवलम्बन गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नदीहरूको धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्त्वका आधारमा वैज्ञानिक अध्ययन गरिने उल्लेख छ।

सरकारले नदीसँग जोडिएका आदिवासी समुदाय, परम्परा र आध्यात्मिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्दै आगामी पुस्ताका लागि स्वच्छ र निरन्तर बहने नदी प्रणाली सुनिश्चित गर्ने नीति अघि सारेको छ।

यसैगरी, नदी बेसिनमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन प्रणाली लागू गर्दै जलविद्युत्, सिँचाइ, खानेपानी, पर्यटन र तल्लो तटीय क्षेत्रका लाभहरू समेट्ने गरी बहुउद्देश्यीय आयोजना विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button