अमेरिकी डलरविरुद्ध इन्डोनेसियाली रुपियाँ ऐतिहासिक न्यूनतम विन्दुमा, १७ हजार ५ सय पुग्यो

जाकार्ता । इन्डोनेसियाली रुपियाँ अमेरिकी डलरविरुद्ध मङ्गलबार बिहान ऐतिहासिक न्यूनतम विन्दुमा पुगेको छ। रुपियाँ प्रतिडलर १७ हजार ५ सयमा झरेको छ, जुन अहिलेसम्मकै सबैभन्दा कमजोर स्तर हो।
स्थानीय सञ्चारमाध्यमहरूले विश्वव्यापी वित्तीय बजारमा जारी अस्थिरतालाई रुपियाँको यो तीव्र गिरावटको प्रमुख कारण बताएका छन्। मुद्राको यो अवमूल्यनले मुद्रास्फीतिको चाप बढ्ने र आयात लागतमा वृद्धि हुने चिन्ता बढाएको छ। यसले विदेशी मुद्रामा कारोबार गर्ने र आयातित कच्चा पदार्थमा निर्भर व्यवसायहरूमाथि खतरा उत्पन्न गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
केही बजार विश्लेषकहरूले बाह्य आर्थिक अनिश्चितता जारी रहँदा रुपियाँ आगामी दिनमा पनि दबाबमा रहने अपेक्षा गरेका छन्।





