२९ बैशाख २०८३, मंगलवार

राष्ट्रपति र सभामुखबीच शीतल निवासमा भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच मङ्गलबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सोमबार सङ्घीय संसद्को संयुक्त सदनमा राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसकै भोलिपल्ट शिष्टाचार भेटका लागि सभामुख अर्याल शीतल निवास पुगेको सचिवालयले जानकारी दिएको छ।

उता, राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले अस्वाभाविक व्यवहार देखाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button