पद्माकुमारी अर्याल एमाले संसदीय दलको उपनेता मनोनित

काठमाडौं । नेकपा एमाले संसदीय दलको उपनेतामा पद्माकुमारी अर्याल मनोनित भएकी छन्। पार्टीको सचिवसमेत रहेकी अर्याललाई संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले उपनेताको जिम्मेवारी दिएका हुन्।
प्रतिनिधिसभामा एमाले संसदीय दलमा हाल २५ जना सांसद रहेका छन्। यसअघि नै एमालेको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी रहेका छन्।





