२९ बैशाख २०८३, मंगलवार

पुलित्जर विजेता पत्रकारसँग भारतीय महावाणिज्य दूतको भेट, भारतको विकास यात्राबारे छलफल

भारत । भारतको विकास यात्राबारे अन्तरक्रियाका क्रममा भारतीय महावाणिज्य दूत प्रतिक माथुरले यस वर्षको पुलित्जर पुरस्कार (व्याख्यात्मक रिपोर्टिङ विधा) विजेता पत्रकार इन्जेन थामसँग भेट गरेका छन्।

भेटका क्रममा महावाणिज्य दूत माथुरले पुरस्कार विजेता पत्रकार थामलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भारतमा व्यापार सहजीकरण, हरित अर्थतन्त्र र डिजिटल अर्थतन्त्रका क्षेत्रमा भएका पछिल्ला उपलब्धिहरूबारे छलफल गरेका थिए। यी उपलब्धिहरूले सबैलाई लाभान्वित गर्ने दिगो विकास र समृद्धि सुनिश्चित गरिरहेको उनले बताए। ‘विश्व एक परिवार’ को भावनालाई आत्मसात गर्दै भारतले सबैको हितमा केन्द्रित विकासको मार्ग अवलम्बन गरिरहेको उनको भनाइ थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button