२९ बैशाख २०८३, मंगलवार

मंगलदेवको मेष राशिमा प्रवेश, राष्ट्रिय सुरक्षा र नेतृत्व क्षमता सुदृढ हुने योग

काठमाडौं । ज्योतिष शास्त्रका दृष्टिले अत्यन्त प्रभावशाली मानिने मंगल ग्रहको गोचरसँगै राष्ट्रिय सुरक्षा, नेतृत्व क्षमता र प्रशासनिक सक्रियतामा सुदृढता आउने सङ्केत देखिएको छ।

ज्योतिषी अरुण उपाध्यायका अनुसार मङ्गलबार मंगलदेवले मीन राशिबाट आफ्नै स्वगृही राशि मेषमा प्रवेश गरेका छन्। मंगल आफ्नै राशिमा स्थित हुँदा प्रशासनिक सक्रियता, आत्मविश्वास, कार्यान्वयन क्षमता तथा राष्ट्रिय सुरक्षासम्बन्धी विषयहरू थप बलियो बन्ने सम्भावना रहेको छ। साथै, नेतृत्व तहमा दृढ निर्णय र तीव्र कार्यशैलीको प्रभाव पनि बढ्न सक्ने सङ्केत प्राप्त भएको छ।

यसैबीच, आगामी जेठ १९ गते देवगुरु बृहस्पति कर्कट राशिमा प्रवेश गरी उच्च अवस्थाको प्रभावमा रहने भएकाले समग्र रूपमा शुभता, संरक्षणकारी ऊर्जा, सकारात्मक परिवर्तन तथा सामाजिक स्थिरताको वातावरण क्रमशः सुदृढ बन्दै जाने सम्भावना देखिएको छ।

मंगलको पराक्रम र बृहस्पतिको संरक्षणकारी प्रभावको संयुक्त परिणामस्वरूप विश्वव्यापी तनाव, द्वन्द्व तथा युद्धजन्य परिस्थितिमा समेत क्रमिक शान्ति र पुनर्सन्तुलनतर्फको सङ्केत देखिन सक्छ। युद्धमा संलग्न राष्ट्रहरू संवाद, पुनर्गठन तथा आन्तरिक स्थिरतातर्फ उन्मुख हुने परिस्थिति बन्ने सम्भावनालाई पनि यस ग्रहयोगले सूचित गरेको ज्योतिषी उपाध्यायको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button