२९ बैशाख २०८३, मंगलवार

नेपाल–भारत स्वास्थ्य सहकार्य थप मजबुत बनाउने सहमति, स्वास्थ्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच सोमबार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र भारतबीच सदियौंदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्ध र स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध पक्षबारे विस्तृत छलफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए भने मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति आभार प्रकट गरिन्।

भेटमा दुवै पक्षबीच राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको विकास तथा स्वास्थ्य पूर्वाधार विस्तारमा आगामी दिनमा सहकार्य थप मजबुत बनाउने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button