२९ बैशाख २०८३, मंगलवार

अछामको मेल्लेखमा भारतीय सहयोगमा विद्यालय भवन शिलान्यास

अछाम । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको मेल्लेख गाउँपालिका–४ मा रहेको श्री बासुकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ।

नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन्। भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत विद्यालय भवन निर्माण हुन लागेको हो।

कार्यक्रममा दुवै पक्षले नेपाल र भारतबीचको विकास साझेदारीले ग्रामीण स्तरमा पुर्याइरहेको योगदानको चर्चा गर्दै यस्ता साना परियोजनाले स्थानीय समुदायमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button