३० बैशाख २०८३, बुधबार

‘अछामको विकास अब भाषण होइन, परिणाम चाहियो’, संसद्मा सांसद श्वाँरको कडा आवाज

काठमाडौं । अछामबाट प्रतिनिधित्व गर्ने सांसद भरतकुमार श्वाँरले अछामको विकासका प्रमुख मुद्दाहरू प्रतिनिधिसभा बैठकमा कडा रूपमा उठाएका छन्।

मङ्गलबारको बैठकमा बोल्दै सांसद श्वाँरले अछाम–कैलाली जोड्ने सेती लोकमार्ग, बयलपाटा अस्पतालको स्तरोन्नति र वर्षौंदेखि ढिलासुस्तीको सिकार बनेको बुढीगंगा जलविद्युत् आयोजनाको विषयलाई जोडदार रूपमा उठाएका हुन्।

‘अछामी जनताको सपना र आवश्यकतामाथि खेलवाड गर्ने, विकासका नाममा समय मात्र बिताउने प्रवृत्ति अब सह्य छैन। अछामको विकास कुनै भाषणको विषय होइन, परिणाम देखिने गरी काम हुनुपर्छ,’ सांसद श्वाँरले भने, ‘सडक, स्वास्थ्य र जलविद्युत् जस्ता आधारभूत विषयमा भइरहेको बेवास्ता र लापरबाहीप्रति सम्बन्धित निकाय गम्भीर बन्नैपर्छ।’

उनले आफ्ना मतदाताप्रति आभार व्यक्त गर्दै उनीहरूले दिएको विश्वास र मतको सम्मान गर्दै अछामको हक, अधिकार र विकासका लागि संसद्देखि सडकसम्म आफ्नो आवाज निरन्तर उठिरहने प्रतिबद्धता जनाए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button