५ असार २०८३, शुक्रबार

इरानको पछिल्लो जवाफ ‘पूर्णत: अस्वीकार्य’, युद्ध अन्त्यका लागि पाकिस्तानको मध्यस्थतामा प्रस्ताव आदानप्रदान जारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो जवाफ ‘पूर्णत: अस्वीकार्य’ भएको बताएका छन्।

इरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको पछिल्लो प्रस्तावप्रति आइतबार पाकिस्तानमार्फत जवाफ पठाएको थियो। सोही जवाफप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले भर्खरै इरानका तथाकथित प्रतिनिधिहरूको जवाफ पढें। मलाई यो मन परेन—पूर्णत: अस्वीकार्य!’ तर, उनले यसबारे थप विस्तृत जानकारी भने दिएनन्।

इरानको आधिकारिक समाचार संस्था इरनाका अनुसार इरानी प्रस्तावमा यस चरणमा क्षेत्रमा युद्ध अन्त्य गर्ने विषयमा केन्द्रित रहेर वार्ता अगाडि बढाउने उल्लेख गरिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने इरानले आणविक हतियार नचाहेको ‘स्पष्ट पार्न’ आवश्यक रहेको बताएका छन्, जसलाई वासिङ्टनले शान्ति सम्झौताका लागि महत्त्वपूर्ण मान्दछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button