३० बैशाख २०८३, बुधबार

२४ घण्टामा साढे १६ सय चालक कारबाहीमा, राज्यकोषमा २० लाख राजस्व

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ६८७ चालकलाई कारबाही गरेको छ। यसबाट राज्यकोषमा २० लाख ३१ हजार ५०६ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी मादक पदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारी चलाएका ११७ जनालाई कारबाही गरिएको छ।

यस्तै, लेन अनुशासन पालना नगर्ने ६६, निषेधित क्षेत्रमा हर्न बजाउने ८६, सडक पेटीमा सवारी पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२१ र अन्य सवारी नियम उल्लङ्घन गर्ने ८०४ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button