३० बैशाख २०८३, बुधबार

रास्वपाको पहिलो महाधिवेशन असार दोस्रो साता चितवनमा हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ।

बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “पार्टीको ऐतिहासिक महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने घोषणा भएको छ।”

सत्तारूढ दल रास्वपाको केन्द्रीय समिति बैठक अहिले पनि जारी रहेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button