३० बैशाख २०८३, बुधबार

मोबाइलको गलत ‘ग्रिप’ ले निम्त्याउन सक्छ गम्भीर हात रोग, चिनियाँ चिकित्सकको चेतावनी

ल्हासा । तपाईंले मोबाइल फोन कसरी समाउनुहुन्छ ? हत्केलामा बलियोसँग च्यापेर कि कान्छी औंलाले तलबाट टेक दिएर ? यदि तपाईं पनि कान्छी औंलाले फोनलाई तलबाट अड्याएर चलाउने बानी भएकामध्ये पर्नुहुन्छ भने सावधान हुनुहोस्, किनकि चिनियाँ चिकित्सकहरूले यो बानीले हात र नशामा गम्भीर समस्या ल्याउन सक्ने चेतावनी दिएका छन्।

फुदान विश्वविद्यालयअन्तर्गत झोङसान अस्पतालका चिकित्सकका अनुसार लामो समयसम्म कान्छी औंलाले फोनलाई तलबाट टेक दिएर समाउने बानीले हात, नशा र जोर्नीमा असहजता तथा दुखाइ निम्त्याउन सक्छ। यसको प्रमुख कारण के हो भने, यो ‘ग्रिप’ प्रयोग गर्दा फोनको अधिकांश तौल कान्छी औंलाको जोर्नीमा केन्द्रित हुन्छ। यसले कान्छी औंला, हात र नशामा लामो समयसम्म बारम्बार तनाव र दबाब सिर्जना गर्छ।

यसले हातसम्बन्धी विभिन्न रोगहरू निम्त्याउन सक्छ। जस्तो कि, टेन्डिनाइटिस (नशाको सुन्नाइ), टेनोसाइनोभाइटिस (नशा र त्यसको खोलको सुन्नाइ), आर्थराइटिस (जोर्नीको सुन्नाइ) र कार्पल टनेल सिन्ड्रोम (हत्केलाको नशा च्यापिने समस्या)। यी सबैले औंला दुख्ने, जोर्नी कठोर हुने, हातको समन्वय क्षमता घट्ने र औंलाको आकार नै बिग्रने जस्ता समस्या ल्याउन सक्छन्। यदि समयमै यो गलत बानी सच्याइएन भने अपरिवर्तनीय क्षति हुन सक्ने चिकित्सकहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button