आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई राजीनामा पत्र बुझाएका हुन्।
सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई जिम्मेवारी सहज बनाउन मार्गप्रशस्त गर्न आग्रह गरेपछि सोहीअनुरूप उनले राजीनामा दिएको बताइएको छ।





