५ असार २०८३, शुक्रबार

‘मिलेर जाऔं, जुधेर होइन’ : सी–ट्रम्प वार्तामा विश्व शान्तिको सन्देश, पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा ऐतिहासिक भेट

बेइजिङ । इरान युद्धमा अमेरिकाको मध्यस्थकर्ताका रूपमा जोडिएको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले अर्को हप्ता औपचारिक भ्रमण गर्ने तयारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा बिहीबार गम्भीर भेटवार्ता सुरु भएको छ।

ग्रेट हल अफ द पिपुलको प्रवेशद्वारमा भएको औपचारिक स्वागत समारोहमा राष्ट्रपति सीले जटिल समस्याबाट गुज्रिरहेको विश्व व्यवस्थाको समाधानमा अमेरिका र चीनबीचको राम्रो सम्बन्धले सहयोग पुग्ने बताए। उनले दुई शक्तिले एकअर्कासँग जुधेर नभई मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले चिनियाँ सेना प्रभावशाली रहेको टिप्पणी गर्दै सीतर्फ सङ्केत गरी भने, “तपाईं एकदम राम्रो नेता हो, महान नेता हो। तर यसो भन्दा मलाई कतिपयले गाली गर्छन्।” दुई नेताबीचको यो मैत्रीपूर्ण र खुला संवादले विश्व राजनीतिमा नयाँ आशाको सञ्चार गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button