१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री बालेन संसद जाने मुडमै छैनन्, जवाफ नदिने पहिलो प्रधानमन्त्री बन्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित भएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने मुडमा नरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। सोमबार संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबार जवाफ दिन उनी नगएपछि प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गरेका थिए।

प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैंले दिनुपर्ने माग गर्दै आएका छन्। तर, शाहले बुधबार आफू नगएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जवाफको जिम्मेवारी दिएका थिए। विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए।

आज पनि शाहले जवाफ दिने मुडमा नरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैंले दिनुपर्ने परम्परा रहँदै आएको छ। यसअघिका कुनै पनि प्रधानमन्त्रीले जवाफ नदिएको इतिहास छैन। यदि शाहले जवाफ दिएनन् भने उनी नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ नदिने पहिलो प्रधानमन्त्री बन्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button