जवाफ नआउँदै खाली भएको सदन, एमाले सांसदको व्यङ्ग्य– ‘आवाज कहाँसम्म पुग्छ सुनाउँछु’

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी रहँदा सांसदहरूको उपस्थिति न्यून देखिएको छ। बिहीबारको बैठक सुरु हुँदा उल्लेख्य सङ्ख्यामा सांसदहरू उपस्थित भए पनि छलफल अघि बढ्दै जाँदा कुर्सीहरू खाली हुँदै गएका छन्।

विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखिरहेका बेला सदनमा देखिएको यो दृश्यले संसदीय गरिमामाथि नै प्रश्न उठेको छ। यसैक्रममा नेकपा एमालेकी सांसद राजिदा सिद्दिकीले छलफलमा माग लिँदै कुर्सी खाली भएकोप्रति व्यङ्ग्य गरिन्। उनले भनिन्, “आवाज कहाँसम्म पुग्छ सुनाउँछु।” उनको यो अभिव्यक्तिले प्रधानमन्त्रीको अनुपस्थिति र सदनप्रतिको बेवास्ताप्रति गहिरो असन्तुष्टि प्रकट गरेको छ।





