१८ असार २०८३, बिहीबार

‘ट्रेड युनियन खारेजी श्रमिक आन्दोलनविरुद्ध होइन’ : अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती प्रशासनलाई तटस्थ, निष्पक्ष र व्यावसायिक बनाउनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीको ट्रेड युनियन खारेजीको विषय समेटिएको बताएका छन्।

राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सेवा प्रवाह र सुशासनलाई नतिजामुखी बनाउन निजामती तथा सरकारी सेवामा सुधार आवश्यक रहेको बताए। ट्रेड युनियन खारेज गर्ने विषय समग्र श्रमिक आन्दोलनविरुद्ध नभएको उनले जिकिर गरे।

उनले भने, “निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी गर्ने भनेर नीति तथा कार्यक्रममा राखेका छौं। समग्र ट्रेड युनियन आन्दोलनलाई नै निषेध गर्ने, यसको ऐतिहासिक महत्त्वलाई खारेज गर्ने नियतले यो आएको होइन।” सरकारले ल्याएको नीति तथा कार्यक्रम पार्टीको घोषणापत्र र नीतिगत प्रतिबद्धताअनुसार नै अघि बढाइएको उनले स्पष्ट पारे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button