१८ असार २०८३, बिहीबार

निवर्तमान गृहमन्त्री गुरुङलाई फर्काउन तीन सदस्यीय समिति गठन, पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा १५ दिने म्यान्डेट

काठमाडौं । सम्पत्तिको लफडा र बिचौलिया दीपक भट्टसँगको साझेदारी विवादमा मुछिएर राजीनामा दिएका निवर्तमान गृहमन्त्री सुधन गुरुङलाई सोही जिम्मेवारीमा फर्काउने विषयमा बालेन सरकारले तीन सदस्यीय समिति गठन गरेको छ।

उच्च अदालतका पूर्व न्यायाधीश अच्युत भण्डारीको नेतृत्वमा गठित समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहसचिव अच्युतमणि पौडेल सदस्य रहेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने म्यान्डेट दिइएको छ।

यसैबीच, राजस्व अनुसन्धान विभाग सम्हालिसकेका समिति सदस्य पौडेलको निवर्तमान गृहमन्त्री गुरुङसँग पहिलेदेखि नै सुमधुर सम्बन्ध रहेको मानिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button