१८ असार २०८३, बिहीबार

कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिक गर्न जेठ २१ सम्मको समयसीमा तोकियो, अनलाइन आवेदन सुरु

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक गर्ने कार्य जेठ २१ गतेभित्र सक्ने निर्णय गरेको छ।

बिहीबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो। पार्टीका महामन्त्री एवं समिति संयोजक प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले अनलाइनमार्फत फाराम भरेर सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था पनि गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार यसका लागि कांग्रेसको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button