ट्रम्प बेइजिङबाट प्रस्थान, विदेशमन्त्री वाङ यीले गरे बिदाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अपराह्न बेइजिङबाट प्रस्थान गर्दै आफ्नो चीन राजकीय भ्रमण सम्पन्न गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य एवं विदेशमन्त्री वाङ यीले विमानस्थलमा पुगेर राष्ट्रपति ट्रम्पलाई बिदाइ गरे। दुई दिने यस ऐतिहासिक भ्रमणका क्रममा दुई महाशक्तिबीच व्यापार, इरान सङ्कट र द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा गहन छलफल भएको थियो।





